मातृभाषाको संरक्षण र विकासमा सरकारले ध्यान दिनुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

भक्तपुर । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा सरकारले ध्यान दिने बताएका छन् ।
आज भक्तपुरमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा उनले सरकारी निकायले पनि मातृभाषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले भने, “मातृभाषामा पत्रकारितालाई सरकारले प्रोत्साहित गर्नु आवश्यक छ, सरकारी निकायले पनि यसमा ध्यान दिनु जरुरी छ, मातृभाषामा प्रकाशन वा प्रसारण भएका सञ्चारमाध्यमप्रति सम्मान व्यक्त गर्न चाहन्छु, किनकी यसले मौलिक कला, संस्कृति र इतिहासलाई जोगाउन योगदान पुर्याएको छ ।”
मातृभाषाको संरक्षण र विकासमा काम गर्नुपर्ने औँल्याउँदै उपप्रधानमन्त्री श्रेष्ठले मातृभाषामा गरिने पत्रकारिताले आदिवासी जनजातिका हराउँदै गएका मौलिकता र कला संस्कृतिको जगेर्ना हुनेमा आफूले विश्वास लिएको बताए ।
नेवाःपत्रकार राष्ट्रिय दबूले सार्क पत्रकार मञ्च र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज०को सहकार्यमा शनिबार ललितपुरमा उद्घाटन गरी आज भक्तपुरमा समापन गरेको सम्मेलनमा सार्क राष्ट्रलगायत बिभिन्न देशबाट सहभागी पत्रकारबीच विभिन्न विषयमा छलफल भएको थियो ।
कार्यक्रमका सभापति नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, दबूका उपाध्धयक्ष एवम् सम्मेलनका संयोजक सुरेन्द्रभक्त श्रेष्ठ, सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामालगायतले अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिताको महत्वमाथि चर्चा गरेका थिए ।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया