शनिबार, पुष १२, २०८२

सर्वोच्चले जोशीविरुद्धको फैसलाको निर्णय १३ साउनमा सुनाउने

मेरोन्यूज २०८१ जेठ २० गते २२:०६

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको मुद्दामा आगामी साउन १३ गते निर्णय सुनाउने भएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आगामी असार २१ गते बहस नोट पेस गर्ने र साउन १३ निर्णय सुनाउने गरी मिति तय गरेको हो ।

पूर्वमन्त्री जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा २०६० सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतको फैसलाविरुद्ध जोशीले २०६९ फागुनमा सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेका थिए ।

प्रतिक्रिया