‘कल्चरल शो’ हेर्न सकिने नेपालकै पहिलो भिगन रेस्टुराँ, द भिगन किचेन

काठमाडौँ । ठमेलमा द भिगन किचेन रेस्टुराँ खुलेको छ । चार जनाको लगानीमा खुलेको द भिगन किचेन नेपाली ‘कल्चरल शो’ हेर्न सकिने नेपालकै पहिलो रेस्टुराँ हो । शनिबार उपसभामुख इन्दिरा रानामगर, (रेष्टुरेन्ट एण्ड बार एशोएिशन रेबान) का अध्यक्ष सङ्घर्ष बिष्ट, नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रवीन्द्र खड्का र वरिष्ठ गीतकार तथा पर्यटन व्यवसायी देवेन गिरीले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

ठमेलस्थित होटल मनाङसँगै जोडिएको द भिगन किचेन रेस्टुराँ शतप्रतिशत भिगन रेस्टुराँ हो । बिहान १० बजेदेखी राती १० बजेसम्म खुल्ला रहने यस रेस्टुराँमा सेटन बिर्यानी, मिन्ची बिर्यानी, स्टिक बिर्यानी, छोयला, मम, भिगन सिजलर, थाली,लगायत अन्य परिकारहरुको स्वाद लिन सकिन्छ । यस्तै हर्बल टि, सोया टि, भिगन लस्सी, पिच भ्यानिला लस्सी, लगायत पेय पदार्थ पनि मेनुमा उपलब्ध छन् । डेजर्टमा भने सेनामन रोल र आइस क्रिमको स्वाद लिन सकिन्छ ।

द भिगन किचेनको सजावट विशेष र आकर्षक छ । गोबरले लिपिएका यहाँका भित्ताहरुमा मिथिला चित्रकथा हेर्न सकिन्छ । गाउँको झझल्को दिने पारिवारिक वातावरण छ । ‘माछा, मासु र दुधमा जति प्रोटिन पाईन्छ, त्यति नै प्रोटिन भिगनका परिकारमा पाईन्छ ।’ सञ्चालक मध्येकी एक प्रतिमा श्रेष्ठले भनिन्, ‘नेपालमा बिस्तारै मानिसहरु भिगनप्रति आकर्षित हुँदैछन् ।’ रेस्टुरा“को मेनु त्यती महंगो छैन ।
भिगनका बिभिन्न परिकारहरुका साथै यहाँ नेपालको संस्कृती झल्किने बिभिन्न नृत्य तथा गीत, संगीत सुन्न र हेर्न सकिनेछ । यस्तो प्रकारको रेस्टुराँ नेपालमै पहिलो भएको प्रतिमाले बताइन् ।
प्रतिमा श्रेष्ठ, राजु शाह, सुनिल श्रेष्ठ र मेलिना राई गरेर चार जना सञ्चालक रहेको द भिगन किचेन रेस्टुराँले हाल १२ जनालाई रोजगारी प्रदान गरेको छ ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया