सुटमालाले ल्यायो सुट एक्सचेन्ज अफर

काठमाडौँ। काठमाडौंको बागबजारमा रहेको सुटमालाले सुट एक्सचेन्ज अफर ल्याएको छ ।
प्रयोगमा नआएका कोटहरुको सदुपयोग स्वरुप सुटमालाले सुट एक्सचेन्ज अफर ल्याएको हो । यो अफर यसै जेठ २५ देखी असार २५ गतेसम्म लागु हुने भएको छ ।
सुटमालाका सीईओ राज कार्कीका अनुसार हरेकको सुटको आवश्यकतालाई विशेष ध्यानमा राख्दै यो अफर ल्याइएको हो । विद्यार्थी, सेलिब्रिटी, सञ्चारकर्मी, उद्यमी, श्रमिक सबै पेशा र वर्गका उपभोक्ताहरूको पहुँचमा सुट पुर्याउँन यो अफर ल्याइएको कार्कीले बताए ।
यदि तपाईसँग पुरानो कोट छ भने बागबजारस्थित सुटमालाले त्यसको अवस्था हेरेर मूल्य निर्धारण गर्नेछ । आफूले खरिद गरेको नयाँ सुटमा उक्त मूल्य घटाइनेछ । नयाँ सुट गुणस्तरीय र बजार मूल्य भन्दा सस्तो र सुपथ हुने सीईओ कार्कीले बताएका छन् ।
सुटमालाले बिभिन्न टेलिसिरीयल, इभेन्ट, संघ, संस्था र कम्पनीहरूसँग सहकार्य गरिसकेको छ । नेपालका चर्चित सञ्चारकर्मी, सेलिब्रिटी र उद्यमी, व्यवसायीहरूको रोजाई बन्दै आएको सुटमालालाई सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममार्फत सम्पर्क गर्न सकिनेछ ।













म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
पेरूमा पर्यटक बोकेको रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
स्याङ्जामा पुरुषभन्दा महिला मतदाता धेरै
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया