कृषि सामग्री अनुदानमा वितरण गर्दै इच्छाकामना

मुग्लिन (चितवन)। चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । सुन्तलाखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको हो ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले लोकप्रिया कृषि सहकारी र पिपलडाँडा–धुषाडाँडा कृषि समूहमा आवद्ध २० जना किसानलाई कृषि सामग्री हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाका कृषि शाखाका प्रमुख आशिष त्रिपाठीका अनुसार म्यानुअल पम्प ट्याङ्की, डिजिटल तराजु, किरेट, पाइप, भर्याङलगायत सामग्री वितरण गरिएको हो । उनले सुन्तलाखेती प्रवर्द्धन गर्न पालिकाले किसानलाई प्रोत्साहन र आकर्षित गर्ने विभिन्न कार्यक्रम गर्दै आइरहेको बताए । उनका अनुसार पालिकाले गत आवमा तीनदिने सुन्तला महोत्सव आयोजना गरेको थियो ।
किसानलाई सुन्तलाको बेर्ना अनुदानमा वितरण गर्ने योजना रहेको त्रिपाठीले बताए । किसानबाट माग भएअनुसार १० हजार कलमी र १६ हजार बिजु बिरुवा वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए । पछिल्लो समय सुन्तलाखेती गर्ने किसान बढ्दै गएकाले बढी उत्पादन हुने स्थानमा नयाँ बगैँचाका लागि सहयोगका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।
पालिकाले वडा नं ३ फिस्लिङमा कृषि भवन निर्माण गरेको अध्यक्ष गुरुङले जानकारी दिए। उक्त भवनमा कृषिजन्य उत्पादनको सङ्कलन, चिस्यान केन्द्र तथा पाहुना घर सञ्चालन गरिने उनको भनाइ छ । गाउँपालिकाले कृषिजन्य उत्पादनलाई बजारीकरण समेत सहयोग गर्ने उनले बताए ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया