उच्च मनोवलका साथ काम गर्न प्रहरीलाई मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उच्च मनोबल बनाएर काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
सोमबार प्रदेश प्रहरी कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरीको उच्च मनोबल बनाउन प्रदेश सरकारले स्रोतसाधनले पूर्ण बनाउनेतर्फ लागेको बताए ।
‘प्रहरीका लागि उपकरण, सवारीसाधन, भवन निर्माण गरिरहेका छौँ । आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएर प्रहरीको मनोबल उच्च बनाइनेछ । त्यसैले उच्च मनोबलका साथ काम गर्नुस्, हामी साथमा छौँ,’ उनले भने ।
विश्वका धेरै मुलुकभन्दा नेपाल सुरक्षित भएको र यसको श्रेय प्रहरीलाई जाने बताउँदै मुख्यमन्त्री कार्कीले थप सुरक्षालाई मजबुत बनाउन प्रहरी लाग्नुपर्ने बताए ।
उनले तीनै तहको समन्वयमा प्रहरीलाई आम नागरिकसम्म स्थापित गर्दै जाने नीति रहेको स्पष्ट पारे ।
मुख्यमन्त्री कार्कीले आफू आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा पनि निकै काम गरेको र अहिले पनि प्रहरीलाई आधुनिक बनाउने काममा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सीमित स्रोतसाधनबाट पनि प्रहरीले काम गर्न सकेकोमा खुसी व्यक्त गरे। उनले प्रहरी जिउँदो भगवान् भएको टिप्पणी गरे ।
कार्यक्रममा प्रमुख सचिव केदारनाथ शर्मा र प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि बोलेका थिए ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया