श्रीलंकामाथि दक्षिण अफ्रिका ६ विकेटले विजयी

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो ।
श्रीलंकाले दिएको केवल ७८ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्री लंकाले १९.१ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाएको थियो । श्रीलंकाका लागि कुसल मेन्डिसले सर्बाधिक १९ रन बनाए भने एन्जोलो म्याथ्युजले १६ र कामिन्दु मेन्डिसले ११ रन बनाएका थिए ।
श्रीलंकाले टी-२० विश्वकपमा बनाएको यो अहिलेसम्मको सबैभन्दा कम रन हो ।त्यसैगरी दक्षिण अफ्रिकाका बलर एनरीच नोकियाले सर्बाधिक ४ विकेट लिएका थिए । उनले ४ ओभरमा केवल ७ रन दिएर ४ विकेट लिएका थिए ।
समुह डी मा रहेको दक्षिण अफ्रिकाले यो जितपछि महत्वपूर्ण २ अंक हासिल गरेको छ ।अब दक्षिण अफ्रिकाले अर्को खेल जुन ८ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने सोहि दिन श्रीलंकाले बंगलादेशको सामना गर्ने छ ।













निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया