टी–२० विश्वकप : नेपाल र नेदरल्यान्ड्सबिचको खेल सुरु

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबिचको खेल सुरु भएको छ । अम्पायरसँगै दुबै टोलीका खेलाडी मैदानमा प्रवेश गरेका छन् । दुबै राष्ट्रको राष्ट्रिय गान पनि पुरा भएको छ ।
वर्षाका कारण खेल निर्धारित समयभन्दा केही ढिलो सुरु भएको हो । नेदरल्यान्ड्सले टस जिती पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको छ । समूह ‘डी’ मा रहेको नेपाल र नेदरल्यान्ड्सले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले आफ्नो टोलीका लागि टसले ठुलो अर्थ नराख्ने बताएका छन् । ‘टस ठुलो कुरा होइन, हामी पहिले ब्याटिङ गर्दै बढीभन्दा बढी रन बनाउन चाहन्छौ ।
अहिलेका लागि हाम्रो लक्ष्य यही हो,’ नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएपछि नेपाली टोलीका कप्तानले भने । उनले १० वर्षपछि आफूहरु विश्वकप मञ्चमा उभिएको बताउँदै सानैदखि देशका लागि विश्वकप खेल्नु आफ्नो सपना भएको प्रतिक्रिया पनि दिएका छन् ।
नेपाल र नेदरल्यान्ड्सबिचको खेल अमेरिकाको डालासमा हुँदैछ । रंगशालामा आफ्नो टोलीको हौसला बढाउन हजारौँको सङ्ख्यामा नेपाली समर्थक उपस्थित छन् ।












निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया