तराईमा ‘लू’ चल्दा खोप अभियान प्रभावित

काठमाडौँ । सरकारले यही जेठ १३ गतेदेखि सञ्चालन गरेको पोलियो रोगविरुद्धको ‘आइपिभि’ खोप अभियान तराईका जिल्लामा प्रभावित भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा . अभियान गौतमले तराईका अधिकाङ्श जिल्लामा तातो हावासँगै ‘लू’ चलेकाले खोप अभियान प्रभावित भएको बताए ।
“तराई अधिकांश जिल्लामा ‘लू’ चलेको हुनाले विद्यालय बन्द भएका छन् । कतिपय विद्यालयमा खोप कार्यक्रम सञ्चालन भए पनि बीचमै रोकिएको छ”, उनले भने, “अब भने पानी पनि पर्न थालेको छ ।
तराईमा शितलता पनि भएकेले अब विद्यालय खुल्ने र पुनः खोप अभियान संचालन गर्दछाैँ ।” उनका अनुसार अहिलेसम्म चार लाख १७ हजार पाँच सय ३६ जना बालबालिकाले पोलियोविरुद्धको खोप लगाइसकेका छन् ।
यो २८ दशमलव ५ प्रतिशत हो । “अहिलेको खोप लगाएको तथ्याङ्क ४६ जिल्लाको हो । अन्य जिल्लाबाट तथ्याङक आउन बाँकी छ”, उनले भने, “खोप अभियान राम्रो चलेको छ ।
हामी लक्ष्य अनुसार नै खोपको कभरेज ९५ प्रतिशत पुर्याउँछौँ ।” खोप अभियानका क्रममा सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभि’ लगाउने लक्ष्य राखेको छ ।
यही जेठ २६ गतेसम्म सञ्चालन हुने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभि’ मा मृत पोलियो भाइरस हुन्छ । स्वास्थ्य मन्त्रालयले विद्यालय नजाने बालबालिकाका लागि अभियानको अन्तिम दिन स्वास्थ्य सस्थामा पनि खोप अभियान सञ्चालन गर्नेछ ।
खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग लाग्ने उच्च जोखिम रहेकाले यस वर्ष सरकारले खोप अभियान सञ्चालन गर्नुपरेको हो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया