आइतबार, माघ ४, २०८२

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दाको फैसला असार १२ मा सुनाइने

मेरोन्यूज २०८१ जेठ २३ गते १७:१८

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दाको आगामी असार १२ गते फैसला हुने भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले बुधबारको सुनुवाइपछि निर्णय सुनाउने दिन असार १२ गतेलाई ताकेको हो ।

पूर्व सभामुख सापकोटाविरुद्ध २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ ।

प्रतिक्रिया