बिहीबार, चैत १२, २०८२

महालक्ष्मी विकास बैंकद्वारा आफ्नो हरित पर्यावरणीय योजनाको निरन्तरता

मेरोन्यूज २०८१ जेठ २३ गते १७:४३

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्नका लागि आफ्नो वार्षिक उत्सव महिनाको रुपमा रहेको जेष्ठ महिना तथा ३० औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ।

Advertisement
nepal life insurencenepal life insurence

सोहीअनुरूप बैंकले दुईवटा विद्युतीय गाडी प्रयोगमा ल्याइसकेको छ र हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीहरुमा क्रमश: विद्युतीय गाडीहरुको प्रयोग बढाउँदै जानेछ।

यस्ता कार्यक्रमहरुले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवर्द्धन तथा दिगो विकासमा टेवा पुर्‍याउने विश्वास बैंकले लिएको छ।

बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर यही जेठ २२ गते मंगलबारदेखि २५ गते बिहीबार (तीन दिन) सम्म ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२४’ (श्रृङखला ३) ललितपुरको इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना गरिरहेको छ।

उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका छन्। “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ७ लाखभन्दा बढी ग्राहकहरु रहेका छन्।

प्रतिक्रिया