छात्रवृत्ति नदिने निजी स्कुललाई बन्द सूचीमा राख्ने काठमाडौं महानगरले दियो चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३ दिनभित्र सबै संस्थागत विद्यालाई छात्रवृत्ति विवरण पेस गर्न सूचना जारी गरेको छ । तोकिएको समयभित्र विवरण नबुझाएका यही वर्षदेखि स्कुल बन्द सूचमीमा राख्ने चेतावनीसमेत दिएको छ ।
बिहीबार एक सूचना प्रकाशित गरेर काठमाडौं महानगरपालिकाले त्यस्तो चेतावनी दिएको हो। काठमाडौं महानगरपालिकाले अहिले ४७३ निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेश गरेको तथ्यांक पनि प्रस्तुत गरेको छ। महानगपालिकाको निर्देशन अटेर गर्ने निजी विद्यालयलाई तीन दिनभित्र विवरण पेश गर्न समयसीमा पनि तोकेको छ।
‘विवरण पेस नगर्ने विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालन नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरिनेछ’, महानगरपालिकाले बिहीबार एक सूचना गर्दै भनेको छ, ‘यस्ता विद्यालयहरुमा विद्यार्थी भर्ना नगर्न/नगराउनुहुन र गराएको भए अन्यत्र स्थानान्तरण गर्नसमेत अभिभावकलाई सूचित गरिने व्यहोरा अनुरोध छ ।’‘
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५, शिक्षा नियमावली, २०५० काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार काठमाडौँ महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक वितरण गर्नुपर्ने व्यवस्था छ।
यसर्थ,रीतपूर्वक छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयहरूलाई प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही हुने पनि महानगरले बताएको छ।
















७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया