टी-२० विश्वकपमा अस्ट्रेलियाको विजयी शुरुवात

काठमाडौँ । अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ९ विकेट गुमाउदै १२५ रन मात्र बनाएको थियो ।
ओमानका लागि आयान खानले ३६ रन बनाएका थिए भने मेहरान खानले २७ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर मार्कस स्टोइनिसले सर्बाधिक ३ विकेट लिएका थिए भने नाथन इलिस, मिचेल स्टार्क र एडम जाम्पाले २-२ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्बाधिक ६७ रन बनाएका थिए भने डेभिड वार्नरले ५६ रन बनाएका थिए । त्यसैगरी ओमानका बलर मेहरान खानले २ विकेट लिएका थिए ।
समुह बि अन्तर्गत अस्ट्रेलियाले यो जितपछि महत्वपूर्ण २ अंक हासिल गरेको छ । त्यस्तै ओमानले भने लगातार दोस्रो हार बेहोरेको छ ।
अब अस्ट्रेलियाले अर्को खेल जुन ८ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने ओमानले अर्को खेल जुन ९ मा स्कटल्याण्डविरुद्ध खेल्ने छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया