बुधबार, वैशाख २३, २०८३

मधेसको मुख्यमन्त्री बन्दै जनमत पार्टीका सतिश सिंह

मेरोन्यूज २०८१ जेठ २४ गते ११:०९

काठमाडौं ।  जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Advertisement
NiccNicc

संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने जनमतको तयारी थियो । तर, अन्तिम अवस्थामा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । उनी सप्तरी क्षेत्र नं. २ ( क)बाट प्रत्यक्ष निर्वाचित छन् ।

बुधबार प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेता सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि शुक्रबार बिहान १० बजेसम्म दाबी पेस गर्न आह्वान गरेकी थिइन्।

असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण दलहरूले सरकार गठनलाई तीव्रता दिएका हुन्।आजै सिंहलाई मुख्यमन्त्री बनाउन दलहरूले बहुमतसहित प्रदेश प्रमुखलाई दावी पेस गर्ने दलहरूको तयारी छ ।

प्रतिक्रिया