घट्यो शेयर बजार, ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज –(नेप्से) झिनो अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से १.९३ अंकले घटेर २०७७.७८ विन्दु कायम भएको छ ।
बजार झिनो अंकले घटेको भएपनि कारोबार भने ४ अर्ब बढीको भएको छ । आज ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार रुपैयाँ बराबरको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर ५९ हजार ६५० पटक किनबेच भएको छ ।
बिहीबार ३२२ कम्पनीको शेयर कारोबार हुँदा १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
बिहीबार सेन्सेटिभ इन्डेक्स १.२७ अंकले, फ्लोट इन्डेक्स ०.३५ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५२ अंकले घटेको छ । १३ वटा समूहमध्ये ५ समूहको शेयर मूल्य बढेको छ भने ८ समूहको शेयर मूल्य घटेको छ ।
आज फाईन्स समूहकोको सबैभन्दा बढी मूल्य घटेको छ भने ट्रेडिङ समूहको सबैभन्दा बढी बढेको छ । फाइन्सको ४५.८७ अंकले घटेको छ भने ट्रेडिङको ५८.३५ अंकले बढेको छ ।
आज इमर्जिङ नेपाल, मिड सोलु हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।













साेमबार दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार कति ?
मेक्सिकोमा रेल दुर्घटना : १३ जनाको मृत्यु, ९८ घाइते
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया