घट्यो शेयर बजार, ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज –(नेप्से) झिनो अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से १.९३ अंकले घटेर २०७७.७८ विन्दु कायम भएको छ ।
बजार झिनो अंकले घटेको भएपनि कारोबार भने ४ अर्ब बढीको भएको छ । आज ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार रुपैयाँ बराबरको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर ५९ हजार ६५० पटक किनबेच भएको छ ।
बिहीबार ३२२ कम्पनीको शेयर कारोबार हुँदा १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
बिहीबार सेन्सेटिभ इन्डेक्स १.२७ अंकले, फ्लोट इन्डेक्स ०.३५ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५२ अंकले घटेको छ । १३ वटा समूहमध्ये ५ समूहको शेयर मूल्य बढेको छ भने ८ समूहको शेयर मूल्य घटेको छ ।
आज फाईन्स समूहकोको सबैभन्दा बढी मूल्य घटेको छ भने ट्रेडिङ समूहको सबैभन्दा बढी बढेको छ । फाइन्सको ४५.८७ अंकले घटेको छ भने ट्रेडिङको ५८.३५ अंकले बढेको छ ।
आज इमर्जिङ नेपाल, मिड सोलु हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया