मध्यपुरथिमिमा शनिबारदेखि दोस्रो ‘वः’ महोत्सव हुने

भक्तपुर। मध्यपुरथिमिमा पर्यटन प्रवर्द्धनका साथै नेवारी परिकारको संरक्षण गर्ने उद्देश्यले दोस्रो वः (बारा) महोत्सव आयोजना हुने भएको छ । मध्यपुरथिमि नगदेशमा शानिबारदेखि आयोजना हुने उक्त महोत्सव तथा ग्रीन एग्रो एक्स्पो–२०२४ को सम्पूर्ण तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
मध्यपुर पर्यटन विकास समितिले आयोजना गर्ने महोत्सव तथा एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष रमेश प्रजापतिले बताए । नेवार समुदायका विभिन्न परिकार र खानाको स्वाद, ग्रीन भेजिटेबल प्रदर्शन एवं विभिन्न खानाका बारेमा आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी दिनुका साथै मध्यपुरथिमिमा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको उनले जानकारी दिए ।
मध्यपुरका विभिन्न पर्यटकीय कला–संस्कृति र सम्पदा, कलात्मक मठमन्दिर, पाटीपौवा, सत्तल, बिहार, बस्ती र स्मारक क्षेत्र पर्यटकलाई घुमाउने, महोत्सवमा १० प्रकारका वः को प्रदर्शनी एवं बिक्री गरिने, अन्य विभिन्न नेवारी परिकार र हरिया तरकारी, कोरियन तरकारीको प्रदर्शन गरिने, गाँजरलगायत विभिन्न तरकारीबाट उत्पादित वाइनका साथै स्थानीयस्तरमा उत्पादित सामग्रीसहितका ५० भन्दा बढी ‘स्टल’ राखिने अध्यक्ष प्रजापतिले पत्रकार सम्मेलनमा जानकारी दिए ।
महोत्वसका लागि मध्यपुरथिमि नगरपालिकाको रु छ लाख र आयोजकको लागत सहभागिता एवं विभिन्न निकायको रु दुई लाख गरी रु आठ लाख खर्च हुने अनुमान गरिएको समितिका उपाध्यक्ष कविदास श्रेष्ठले जानकारी दिए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया