सत्ता गठबन्धनको विकल्प खोज्ने पक्षमा एमाले छैन : महासचिव पोखरेल
मेरोन्यूज
२०८१ जेठ २४ गते १६:२२

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताएका छन् ।
सरकारमा सहभागी दलहरूभित्र केही समस्या देखिएपनि एमाले यही गठबन्धनको निरन्तरताको पक्षमा रहेको उनले स्पष्ट पारे ।
‘सरकारमा सहभागी दलहरूभित्र देखिएको विवाद र असन्तुष्टिले गठबन्धनको विषयमा केही आशंका उब्जिएको छ ।
एमाले वर्तमान गठबन्धनको निरन्तरताको पक्षमा रहेको छ । अहिले विकल्प खोज्ने पक्षमा छैनौँ । केही दलभित्र देखिएको असन्तुष्टिले गठबन्धन भत्किँदैन’, बिहीबार रातोपाटीसँग उनले भने ।
उनले मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा पार्टीभित्र छलफल नभएको बताए । प्रधानमन्त्रीलाई आवश्यक परेमा मन्त्री फिर्ता बोलाउने वा नबोलाउन विषयमा छलफल गर्न सकिने उनको भनाइ छ ।
सम्बन्धित
















वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया