सोमबार, पुष २८, २०८२

प्रधानमन्त्री कप भलिबलमा एपिएफ विजयी

मेरोन्यूज २०८१ जेठ २४ गते १७:२५

काठमाडौँ। प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ३(१ सेटमा पराजित गर्‍यो । खेलको पहिलो सेट २२(२५ ले गुमाएको एपिएफले त्यसपछिका लगातार तीन सेट आफनो पक्षमा पार्दै जित हासिल गर्‍यो ।

एपिएफले खेलको दोस्रो सेट २५(१२, तेस्रो सेट २५(१४ र चौथो तथा अन्तिम सेट २५(१९ ले आफ्नो पक्षमा पार्‍यो । जितसँगै प्रतियोगितामा दोस्रो जित निकालेको एपिएफले यसअघि बूढानीलकण्ठ क्लबलाई ३(१ को सेटमा हराएको थियो । त्यसैगरी यसअघि भएको खेलमा एपिएफ गण्डकी प्रदेशसँग ३(१, नेपाल पुलिससँग ३(२ तथा आर्मी र हेल्प नेपालसँग समान ३(० सेटको हार ब्यहोरेको थियो ।

प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेको छैन । कोशीले यसअघि आर्मी, हेल्प नेपाल, गण्डकी र नेपाल पुलिसँगको समान समान ३(० तथा सुदूरपश्चिसँगको खेल ३(१ सेटमा पराजित भएको थियो ।

आजै भएको महिलातर्फको खेलमा न्यु डायमन्डले कर्णाली प्रदेशलाई ३(० र एभरेस्टले एपिएफलाई ३(२ को सेटमा पराजित गर्दै विजयी भएका छन् ।

प्रतिक्रिया