लालबकैया नदीमा बाढी आउनुपूर्व मौलापुरमा सूचना हुने

रौतहट। रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत लालबकैया नदीमा बाढी आउनुपूर्व विशेष मेसिनमार्फत सूचना प्राप्त हुने भएको छ।
लालबकैया नदीबाट हुने क्षतिलाई कम गर्न तथा समुदायमा आधारित बाढी पूर्वसूचना प्रणालीलाई दिगोपनाका लागि मौलापुर नगरले सम्झौता गरेसँगै मेसिन जडान हुन लागेको हो।
लालबकैया नदीबाट प्रभावित १३ वटा पालिकाहरू प्रत्येकले कम्तीमा एक लाख बजेट विनियोजन गरी अक्षय कोष स्थापना गर्नुपर्ने प्रतिबद्धता अनुसार मौलापुर नगरपालिकाले एक लाख बजेट विनियोजन गर्ने सम्झौता पत्रमा नगर प्रमुख रिना कुमारी साहले हस्ताक्षर गरेकी छिन्।
मौलापुरदेखि ४१ किलोमिटरको दुरीमा रहेको निजगढस्थित लालबकैया नदीको जलस्तरमा वृद्धि भएपछि त्यहाँ पुलमा जडित विशेष मेसिनले जलस्तर मापन गर्ने र खतराको चिन्ह भन्दामाथि जलस्तरमा वृद्धि भएपछि बाढी आउनुपूर्व नै सूचना प्राप्त हुने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए।
सूचनामार्फत नदीको तटीय क्षेत्रमा बसोबास गर्ने जनसमुदायले सतर्कता अपनाएर जनधनको क्षति हुनबाट जोगाउन सकिने अधिकृत साहले जानकारी दिए।
















मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया