शुक्रबार, वैशाख १८, २०८३

लालबकैया नदीमा बाढी आउनुपूर्व मौलापुरमा सूचना हुने

मेरोन्यूज २०८१ जेठ २४ गते २०:१९

रौतहट।  रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत लालबकैया नदीमा बाढी आउनुपूर्व विशेष मेसिनमार्फत सूचना प्राप्त हुने भएको छ।

Advertisement
NiccNicc

लालबकैया नदीबाट हुने क्षतिलाई कम गर्न तथा समुदायमा आधारित बाढी पूर्वसूचना प्रणालीलाई दिगोपनाका लागि मौलापुर नगरले सम्झौता गरेसँगै मेसिन जडान हुन लागेको हो।

लालबकैया नदीबाट प्रभावित १३ वटा पालिकाहरू प्रत्येकले कम्तीमा एक लाख बजेट विनियोजन गरी अक्षय कोष स्थापना गर्नुपर्ने प्रतिबद्धता अनुसार मौलापुर नगरपालिकाले एक लाख बजेट विनियोजन गर्ने सम्झौता पत्रमा नगर प्रमुख रिना कुमारी साहले हस्ताक्षर गरेकी छिन्।

मौलापुरदेखि ४१ किलोमिटरको दुरीमा रहेको निजगढस्थित लालबकैया नदीको जलस्तरमा वृद्धि भएपछि त्यहाँ पुलमा जडित विशेष मेसिनले जलस्तर मापन गर्ने र खतराको चिन्ह भन्दामाथि जलस्तरमा वृद्धि भएपछि बाढी आउनुपूर्व नै सूचना प्राप्त हुने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए।

सूचनामार्फत नदीको तटीय क्षेत्रमा बसोबास गर्ने जनसमुदायले सतर्कता अपनाएर जनधनको क्षति हुनबाट जोगाउन सकिने अधिकृत साहले जानकारी दिए।


प्रतिक्रिया