टी-२० विश्वकपः नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी

काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकपमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।
गएराती सम्पन्न समुह बि अन्तर्गतको यस खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको हो ।
नामिबियाले दिएको १५६ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १८।३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गर्दै नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो ।
यो जितपछि स्कटल्याण्डको २ खेलमा ३ अंक भएको छ । पहिलो खेलमा इङल्याण्डविरुद्धको खेल बर्षाले रद्ध भएपछि एक अंक पाएको स्कटल्याण्ड समुह बि मा २ खेलमा ३ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पहिलो खेलमा ओमानलाई हराएको नामिबियाको यो हारपछि २ खेलमा २ अंक भएको छ ।
अब स्कटल्याण्डले अर्को खेल जुन ९ मा ओमानविरुद्ध खेल्ने छ भने त्यस्तै नामिबियाले जुन १२ मा अस्ट्रेलियाविरुद्ध खेल्ने छ ।













काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया