‘नेपाल-पाकिस्तान मित्रता पार्क’ हस्तान्तरण

काठमाडौँ। बुढानीलकण्ठ नगरपालिका–८ मा निर्माण गरिएको ‘पाकिस्तान–नेपाल मित्रता पार्क’ आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
नेपालस्थित पाकिस्तानी राजदूतावासद्वारा आज आयोजित एक कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले उक्त पार्क हस्तान्तरण गरेका हुन् ।
राजदूत हाश्मीले काठमाडौँमा पाकिस्तान–नेपाल मित्रता पार्क स्थापनाकामा सहकार्य गर्ने बूढानिलकण्ठ नगरपालिका, लायन्स क्लब अफ काठमाडौँ र एचआरएस एडभेन्चर लिमिटेडको प्रशंसा गरेका छन् । साथै पार्क निर्माणमा सहयोग गर्ने सामुदायिक र सामाजिक कार्यकर्ताका साथै सहयोग गर्ने सबैप्रति उनले कृतज्ञता व्यक्त गरे । उक्त पार्क दुई राष्ट्रबीचको चिरस्थायी मित्रताको प्रतीकका रुपमा रहने र दुवै देशका जनताबीच रहेको बलियो सम्बन्धलाई झल्काउने बताए ।
राजदूत हाश्मीले द्विपक्षीय सम्बन्ध विश्वास, पारस्परिक सम्मान र सांस्कृतिक आदानप्रदान र शिक्षा, स्वास्थ्य, वातावरण र औषधिलगायतका विभिन्न क्षेत्रमा सहयोगी प्रयासमा जोडिएको आधारमा निर्माण भएको उल्लेख गरे । यसले मानवताको हितका लागि मिलेर काम गर्ने प्रतिबद्धतालाई झल्काएको समेत उनको भनाइ थियो ।
उक्त पार्क निर्माणका लागि नागरिक समाज र स्थानीयवासीले दूतावास नगरपालिकालाई धन्यवाद दिँदै बालबालिका युवा तथा वृद्धवृद्धाकोे स्वास्थ्यको हितमा प्रयोग गर्ने ‘ओपन एयर जिम’ स्थापना गरेकोमा खुशी व्यक्त गरेका थिए ।
सो अवसरमा राजदूत हाश्मीसहित बूढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, वडा नं ८ का अध्यक्ष सुमन तामाङ, लायन्स क्लब अफ काठमाडौँका गभर्नर लायन हिराप्रसाद दाहाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याललगायतको उपस्थिति थियो ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया