आज यी स्थानमा विद्युत अवरुद्ध हुने

काठमाडौं . नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गरी काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जनाएको हो ।
प्राधिकरणले रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न फिडहरूको लाइन अवरुद्ध हुने जनाएको हो ।
आज बबरमहल फिडर अन्तर्गत सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालयलगायत स्थानमा बिहान ११ देखि अपराह्न ५ बजेसम्म विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ ।
यस्तै, प्राधिकरणले जेठ २८ गते कालिकास्थान फिडर, जेठ ३० गेत भीमसेनस्थान, ३२ गते गैरीधारा, असार २ गते पानीपोखरी र असार ३ गते सामाखुसी फिडर अन्तर्गतका क्षेत्रमा बिहान ११ देखि अपराह्न ५ बजेसम्म सेवा अवरुद्ध हुने जनाएको छ ।














आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?
माघ ४ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया