स्वतन्त्रता दिवसमा ‘पुष्पा २’ र ‘वेदा’ भिड्दै

काठमाडौं । साउथका सुपरस्टार अल्लू अर्जुनको फिल्म ‘पुष्पा’ सन् २०२१ मा रिलिज भएको थियो। यो फिल्मले कमाईको सारा रेकर्ड तोड्यो। यो फिल्मका दर्शकहरु यसको सिक्वेलको व्यग्र प्रतिक्षामा छन्।
अल्लू, रश्मिका मन्दाना र फहाद फाजिल स्टारर फिल्मको सिक्वेल ‘पुष्पा २’ यसै वर्षको अगष्ट १५ मा रिलिज हुँदैछ। यही मितिमा अभिनेता जोन अब्राहमको फिल्म ‘वेदा’ पनि रिलिज हुँदैछ।
बलिउडका व्यापार विश्लेषक तरण आदर्शले ट्वीटरमार्फत अगष्ट १५ का दिन अल्लूको ‘पुष्पा २’ र जोनको ‘वेदा’ रिलिज हुने जानकारी दिएका छन्।
‘जोन अब्राहम, निखिल आडवाणी र जी स्टुडियोको फिल्म ‘वेदा’ अगष्ट १५ को स्वतन्त्रता दिवसको दिन ठूलो पर्दामा रिलज हुनेछ। ‘बाटला हाउस’ र ‘सत्यमेव ज्यते’ पछि जोन अब्राहम र निखिल आडवाणीको यो तेस्रो फिल्म हो। जुन फिल्म स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज हुँदैछ’, तरणले ट्वीट गरेका छन्। यो फिल्ममा शर्वरी, अभिषेक बेनर्जी र तमन्ना भाटियाको पनि अभिनय छ।
स्वतन्त्रता दिवसकै दिन रिलिज हुने ‘पुष्पा २’ सँग ‘वेदा’को भीडन्त कस्तो होला भनेर दर्शकहरु उत्साहित छन्। अधिकांशले ‘पुष्पा’को सफलतापछि ‘पुष्पा २’ले नयाँ सफलताको बाटो कोर्ने अनुमान लगाएका छन्।
















पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया