चैनपुर सेती जलविद्युत् आयोजनाको काम अघि बढ्दै

रूपातोला, (बझाङ) । बझाङको नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधिन चैनपुर सेती जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अघि बढाइएको छ । तलकोट गाउँपालिकामा गत फागुन ४ गतेबाट सुरु गरिएको दुई सय १० मेगावाटको जलविद्युत् आयोजना निर्माणको अहिले अडिट सुरुङ निर्माण सुरु भएको छ ।
विद्युत् प्राधिकरण चैनपुर सेती जलविद्युत् आयोजनाका भूगर्भविद् अर्जुनकुमार पाण्डेका अनुसार अहिले तीनवटा अडिट सुरुङ र प्रसारण लाइन निर्माणका लागि सर्भे भइरहेको छ । एउटा अडिट सुरुङ एक सय ३० मिटरभन्दा बढी काम पूरा भइसकेको छ भने अर्को अडिट सुरुङको २३ मिटर खनिएको छ । साथै एउटा अडिट सुरुङ बस्ती नजिक भएकाले हालै मात्रै सुरु गरिएको छ ।
चार वर्षसम्म सम्भाव्यता अध्ययन भएर निर्माण सुरु गरिएको गौरवको चैनपुर सेती आयोजनामा आगामी आर्थिक वर्षका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । प्राधिकरणले आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
छवटा अडिट टनेल निर्माण गर्नुपर्ने आयोजनामा अहिले तीनवटाको निर्माण भइरहेको जनाएको छ । अहिले अडिट नं तीन, अडिट नं छ र वष्ठी गाउँको अडिट सुरुङ निर्माण भइरहेको इन्जिनियर रोशन खड्काले जानकारी दिए । उनका अनुसार चार सय ५० मिटर लम्बाइको अडिट नं ३ मा सबैभन्दा बढी एक सय ३० मिटर सुरुङ खनिएको छ ।
‘बीचमा कुनै अवरोध नआए पाँच वर्षमा छवटा अडिट टनेल र एउटा मुख्य सुरुङ निर्माण भएर थप एक वर्षमा बाँधलगायतका काम गर्दै बिजुलीको बाल्ने तयारीमा छौँ’, उनले भने ।
चट्टान भएको ठाउँमा धेरै समय लाग्ने गरेको इन्जिनियर लोकेन्द्र कार्कीले बताए । उनले सुरुङ निर्माण गर्न चट्टान भएको ठाउँमा एक दिनमा एक मिटरसम्म खन्ने गरेको बताए । उनले ब्लाटिङ गर्नुपर्ने ठाउँमा दिनमा एक मिटर हुन्छ भने माटो बढी भएको ठाउँमा दिनमा पाँच मिटरसम्म पनि काटिने गरेको बताए ।















हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया