प्रधानमन्त्री कप भलिबल : पुरुषतर्फ नेपाल स्पोर्ट्स र महिलातर्फ पुलिस क्लब विजयी

काठमाडौं । आठौं प्रधानमन्त्री कप भलिबल लिगको उपाधि टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै टिप टप हेल्प नेपाल पुरुष तर्फको उपाधि जितेको हो । फाइनलमा टिप टप हेल्प नेपालले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको छ ।
खेलमा पहिलो सेट हेल्प नेपालले २२-२५ ले जितेकोमा दोस्रो सेट भने गण्डकीले २५-२० ले जित्यो । त्यसपछिको तेस्रो र चौथो सेट २०-२५ र २०-२५ ले जित्दै टिप टप हेल्प नेपालले उपाधि जितेको थियो।
त्यस्तै प्रतियोगिताको महिलातर्फ एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लबले उपाधि जित्यो । पुलिस क्लबले एभरेस्टलाई ३-२ को सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५-२१ ले र दोस्रो सेट पनि २५-२३ ले जितेको थियो।
तर, त्यसपछिको दुवै सेट एभरेस्टले २०-२५ र २०-२५ ले जितेपछि पाँचौ सेट रोमाञ्चक बनेको थियो । पाँचौं सेटमा पुलिसले १५-१२ ले विजयी हुदै उपाधि जितेको थियो ।
उपाधिसँगै विजेताले ८ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दोस्रो हुने टिमले चार लाख प्राप्त गरेका छन् ।
















मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रतिक्रिया