टी-२० विश्वकप: इङल्याण्डमाथि अस्ट्रेलिया ३६ रनले विजयी

काठमाडौँ । अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा इङल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न समुह बि अन्तर्गतको खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ३६ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १६५ रन मात्र बनाएको थियो । इङल्याण्डका लागि कप्तान जोस बटलरले सर्बाधिक ४२ रन बनाए भने फिल साल्टले ३७, मोइन अलीले २५ र ह्यारी ब्रूकले २० रन बनाएका थिए ।
त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पा र पाट कमिन्सले २-२ विकेट लिएका थिए भने जोस हजेलवूड र मार्कस स्टोइनिसले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै २०१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्बाधिक ३९ रन बनाएका थिए भने कप्तान मिचेल मार्शले ३५, ट्राभिस हेडले ३४, मार्कस स्टोइनिसले ३०, ग्लेन म्याक्सवेलले २८ रन बनाएका थिए ।
यो जितपछि अस्ट्रेलियाले लगातार दोस्रो जित हासिल गर्दै समुह बि मा ४ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै इङल्याण्डको भने २ खेलमा एक अंक रहेको छ ।
अब अस्ट्रेलियाले अर्को खेल जुन १२ मा नामिबियासँग खेल्ने तालिका रहेको छ भने इङल्याण्डले जुन १४ मा ओमानविरुद्ध खेल्ने छ ।













अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
कांग्रेसको विशेष महाधिवेशन : नाम दर्ता गराउने प्रतिनिधि ६२ प्रतिशत नाघे
इरानमा सरकारविरोधी आन्दोलन तीव्र
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया