मेक्सिकोमाथि ब्राजिलको संघर्षपूर्ण जित
मेरोन्यूज
२०८१ जेठ २७ गते १०:२९

काठमाडौँ । ब्राजिलले मैत्रीपूर्ण खेलमा मेक्सिकोमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा ब्राजिलले मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलका लागि खेलको ९६औं मिनेटमा एनड्रिकले निर्णायक गोल गरेका हुन् । यस अघि ब्राजिलका लागि आन्द्रेज पेरेइरा र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए । त्यस्तै मेक्सिकोका लागि जुलियन क्युइनोनेज र गुइलेर्मो मार्टिनेजले एक एक गोल गरेका थिए ।
कोपा अमेरिका खेल्ने तयारीमा रहेको ब्राजिलले त्यस अघि अमेरिकासँग मे १३ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । कोपा अमेरिकामा ब्राजिल समुह डी मा रहेको छ । यस समुहमा ब्राजिलसहित कोलोम्बिया, पराग्वे र कोस्टा रिका रहेका छन् । ब्राजिलले कोपाको पहिलो खेल कोस्टा रिकासँग जुन २५ मा खेल्ने तालिका रहेको छ ।
सम्बन्धित
















डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया