प्रतिनिधिसभा बैठक दुई दिनका लागि स्थगित

काठमाडौँ। प्रतिनिधिसभाको बैठक दुई दिनका लागि स्थगित भएको छ ।
मन्त्रालयहरुबाट प्राप्त वार्षिक विकास कार्यक्रमसम्बन्धी पुस्तक सांसदहरुलाई अध्ययन गर्न समय उपलब्ध गराउनु परेकाले आजका लागि निर्धारित बैठक स्थगन गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।
भामुख देवराज घिमिरेसहित उजनको सरकारी निवासमा संसद्मा प्रतिनिधित्व गरेका मुख्य दलका प्रमुख सचेतकसँग आज बिहान भएको बैठकले बजेट पुस्तिकामा उल्लिखित विविध विषयमा सांसदहरुलाई अध्ययन गर्न समय दिनुपर्ने भएकाले प्रतिनिधिसभाको आज तय गरिएको बैठक स्थगन गर्ने निर्णय गरेको हो बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची थियो ।
संसद् सचिवालयले आजका लागि विनियोजन विधेयकअन्तर्गत वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यक्रम तय गरेको थियो ।
अर्को बैठक यही जेठ २९ गते मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया