लर्डबुद्धसँग सहकार्य रहेको एसिया प्यासिफिक युनिभर्सिटी उत्कृष्ट घोषित

काठमाडौँ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीले बेलायतबाट क्वालिटी एस्योरेन्स एक्रिडेसन पाउन सफल भएको छ । एसिया प्यासिफिक युनिभर्सिटी बेलायतबाट शैक्षिक गुणस्तर मान्यता प्राप्त गर्ने मलेसियाको पहिलो विश्वविद्यालय बन्न सफल भएको हो । सो विश्वविद्यालय अन्तर्राष्ट्रिय क्यु एस स्तरमा १० स्थान माथि उक्लिँदै यो वर्ष विश्वका उत्कृष्ट ६ सय ११ देखि ६ सय २० मा पर्न समेत सफल भएको छ ।
एसिया प्यासिफिक विश्वविद्यालयले मलेसियामा यसअघि पाँचतारे प्लसको अङ्क प्राप्त गरिसकेको छ । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो लर्डबुद्ध एजुकेशन फाउण्डेशनले मलेसियाको सो विश्वविद्यालयसँग शैक्षिक क्षेत्रमा लामो समय देखि सहकार्य गर्दै आइरहेको छ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनमा अध्ययनरत विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीमा समेत विद्यार्थी आदान प्रदान कार्यक्रम अन्तर्गत शैक्षिक सुविधा पाउने अध्यक्ष पंकज जालानले बताउनुभयो । एसिया प्यासिफिक युनिभर्सिटी विदेशी विद्यार्थी अध्ययन गर्ने आधारमा मलेसियाकै सबैभन्दा ठुलो र विश्वको १६ औँ नम्बरमा रहेको लर्डबुद्धद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि रोजगारी दर समेत शतप्रतिशत रहेको फाउण्डेशनले उल्लेख गरेको छ । स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउण्डेशनले शिक्षासँगै रोजगारी उपलब्ध गराउँदै आएको छ । फाउण्डेशनले पढ्दै कमाउँदै नीतिलाई अङ्गीकार गरेर रोजगार युक्त शिक्षा उपलब्ध गराएको छ ।













भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
कांग्रेसको विशेष महाधिवेशन : नाम दर्ता गराउने प्रतिनिधि ६२ प्रतिशत नाघे
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया