रौतहटमा ठूलो परिमाणमा भारतीय कुखुरा चल्ला नष्ट, लाखौंको सामान बरामद

राैतहट । जिल्ला प्रहरी कार्यालय रौतहट संगै मातहतका बिभिन्न युनिटहरुले ठूलो परिमाणमा प्रतिबंधित भारतीय कुखुरा र चल्ला बरामद गरी नष्ट गर्नुका साथै लाखौं बराबरको सामान बरामद गरेको छ ।
जेठ महिनाको १ गतेदेखि २६ गतेसम्म जिल्लाको बिभीन्न नाका हुँदै तस्करहरुले भारतबाट अबैध रुपमा भित्र्याएको पाँचलाख ४३हजार ९३७ रुपैया बराबरको ३४३ थान कुखुरा र १४ सय चल्ला बरामद गरेको थियो ।
बरामद कुखुरा र चल्ला जिल्ला प्रहरी कार्यालय तथा बिभिन्न युनिटको हाताभित्र खाल्डो खनी पुरेर नष्ट, गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।
त्यसैगरी भारतीय बजारबाट भन्सार छली अबैध रुपमा भित्र्याएको एकलाख २९ हजार ४५१ रुपैया बराबरको कपडा , किराना लगायतका सामाग्री बरामद गरी आवश्यक कारवाहीको लागि आज आईतवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
रौतहट प्रहरी प्रमुखको रूपमा एस्पी दिलीप घिमिरेले कमाण्ड सम्हाले पछी आपराधिक क्रियाकलापमा कमी आउनुका साथै भारतीय सामानको तस्करी समेत न्यून भएको देखिएको छ ।
















अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया