रौतहटमा ठूलो परिमाणमा भारतीय कुखुरा चल्ला नष्ट, लाखौंको सामान बरामद

राैतहट । जिल्ला प्रहरी कार्यालय रौतहट संगै मातहतका बिभिन्न युनिटहरुले ठूलो परिमाणमा प्रतिबंधित भारतीय कुखुरा र चल्ला बरामद गरी नष्ट गर्नुका साथै लाखौं बराबरको सामान बरामद गरेको छ ।
जेठ महिनाको १ गतेदेखि २६ गतेसम्म जिल्लाको बिभीन्न नाका हुँदै तस्करहरुले भारतबाट अबैध रुपमा भित्र्याएको पाँचलाख ४३हजार ९३७ रुपैया बराबरको ३४३ थान कुखुरा र १४ सय चल्ला बरामद गरेको थियो ।
बरामद कुखुरा र चल्ला जिल्ला प्रहरी कार्यालय तथा बिभिन्न युनिटको हाताभित्र खाल्डो खनी पुरेर नष्ट, गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।
त्यसैगरी भारतीय बजारबाट भन्सार छली अबैध रुपमा भित्र्याएको एकलाख २९ हजार ४५१ रुपैया बराबरको कपडा , किराना लगायतका सामाग्री बरामद गरी आवश्यक कारवाहीको लागि आज आईतवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
रौतहट प्रहरी प्रमुखको रूपमा एस्पी दिलीप घिमिरेले कमाण्ड सम्हाले पछी आपराधिक क्रियाकलापमा कमी आउनुका साथै भारतीय सामानको तस्करी समेत न्यून भएको देखिएको छ ।











एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया