विराटनगमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू

विराटनगर। कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आजदेखि विराटनगरमा सुरू भएको छ ।
गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त आयोजना गरेको गोष्ठीको आज उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले उद्घाटन गरे ।
भोलिसम्म चल्ने गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी, गृहमन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय, नेपाली सेनाका उच्च अधिकारी, प्रदेशस्तरीय प्रहरी प्रमुख, १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको छ ।
त्यसअवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले समाजमा शान्ति सुरक्षा कायम गर्ने, विभित्र अपराधका घटना नियन्त्रण गर्ने, प्रदेशका सुरक्षा चुनौती, अपनाउनु पर्ने रणनीतिका बारेमा प्रकाश पारेका थिए । रासस









महबाटै करोडको कारोबार गर्नुहुन्छ विनोद हमाल
राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
आज कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया