यू–१९ सुदूरपश्चिम छनोटमा कैलाली विजयी

बैतडी । वाइवाइ यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा कैलाली विजयी भएको छ ।
आज सम्पन्न खेलमा कैलालीले अछामलाई आठ विकेटले हरायो । अछामले दिएको एक सय एक रनको लक्ष्य कैलालीले दुई विकेटको क्षतिमा पूरा ग(यो । कैलालीका लागि क्रितिक थापाले अविजित ३५ र सुदीप साउदले २६ रनको योगदान गरे । अछामका युवराज खत्री र निराजन गौतमले एकरएक विकेट हात पारे ।
त्यसअघि परशुराम नगरपालिका १२ स्थित जोगबुढा रङ्ग मैदानमा पहिला ब्याटिङ गरेको अछाम २८ दशमलव दुई ओभरमा एक सय रनमा अलआउट भयो । उसका लागि रविन भण्डारीले ४३ रन जोडे भने अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
कैलालीका दीपक रोकाया एक्लैले छ विकेट हात पारे । खेलका प्लेयर अफ द म्याच समेत चुनिएका दीपकले आठ दशमलव दुई ओभरमा एक मेडन राख्दै २२ रन खर्चिए ।
प्रतियोगिताअन्तर्गत भोलि कञ्चनपुर र बझाङबीचको खेल हुनेछ । समूह ‘बी’को शीर्ष स्थानमा रहने टोली फाइनलमा बैतडीसँग भिड्ने छ । समूह ‘ए’ बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेको छ ।
यही जेठ २० गतेदेखि सुरु प्रतियोगितामा क्यान आबद्ध प्रदेशका आठ जिल्लाको सहभागिता रहेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हो ।
प्रतियोगिताको फाइनल आगामी असार १ गते हुने प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहराले बताए । प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख छनौटकर्ता दीपेन्द्र भण्डारीले बताए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया