भारत र पाकिस्तानबीचको खेल पुनः सुरु, कोहली चार रनमै आउट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत वर्षाका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल पुनः सुरु भएको छ ।
आइतबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले एक ओभर ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको थियो । एक ओभरको खेल हुँदा भारतले विकेट नगुमाई आठ रन बनाएको थियो । खेल करिब आधा घण्टा रोकिएको थियो ।
खेल पुनः सुरु भएको तेस्रो बलमै भारतका ओपनर विराट कोहली आउट भए । कोहलीलाई चार रनमा नसिम साहले उस्मान साहबाट क्याच गराए ।
यसअघि वर्षाका कारण ओसिलो मैदान भएपछि खेलको टस करिब १५ मिनेट ढिलो भएको थियो ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।
भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ ।
















डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया