आज जेठ २८ सोमवार, कस्ताे रहला आजकाे दिन ? हेर्नुहोस् राशिफल

आजमिति २०८१ साल जेठ २८ गते सोमबार तदअनुसार जुन १० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको चतुर्थी तिथी, पुष्य नक्षत्र, । ध्रुव योग । चन्द्र राशि कर्कट यो स्थिर कामको लागि शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३६ देखि १२:३१ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०८
• सुर्यास्त: बेलुका ०७:०० बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ ।
शुभ रगं : पहेलो
शुभ अंक : २
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
शुभ रगं : रातो
शुभ अंक : ४
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ सफल यात्राको योग पनि छ ।
शुभ रगं : हरियो
शुभ अंक : ४
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।
शुभ रगं : चाँदी
शुभ अंक : ७
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, साथै जनताको गतिलो समर्थन पनि मिल्नेछ ।
शुभ रगं : सुन्तला
शुभ अंक : ७
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।
शुभ रगं : सुन्तला
शुभ अंक : ७
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।
शुभ रगं पहेलो
शुभ अंक : १
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।
शुभ रगं : पहेलो
शुभ अंक : ९
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा भने लिन सकिनेछ ।
शुभ रगं : खैरो
शुभ अंक २
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।
शुभ रगं : रातो
शुभ अंक : ८
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आम्दानी पनि प्रशस्तै बढ्न सक्छ ।
शुभ रगं : निलो
शुभ अंक : ७
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ ।
शुभ रगं : सेतो
शुभ अंक : ८
















आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
प्रतिक्रिया