धान उत्पादनमा किसानलाई जोड्दै आरजु राइस मिल

काठमाडौं। नेपालको एकमात्र पुर्ण स्वचालित किसान मैत्री मिल हो आरजु राइस मिल ।
२०१९ देखि सुरु भएको यो मिलले किसानसँग हातेमालो गर्दै किसान उद्यमशिलता, कृषिलाई प्राविधिकरण र आधुनिकीकरण, चामलमा आत्मनिर्भर बनाउनुका साथै उपभोक्तामाझ उच्च गुणस्तरीय चामल उपलब्ध गराउने उदेश्य लिएको बजार निर्देशक वसन्त ढुङ्गानाले बताएका छन् ।

उपभोक्ताको माग बमोजिम मिलले उन्नत जातका बीउबिजन किसानलाई सहज र सरल ढंगले उपलब्ध गराउँदै आएको निर्देशक ढुङ्गानाले बताए ।
‘मिलले धान लगाउनु अगावै किसानहरुका लागि न्यूनतम समर्थन मूल्य तोक्ने गर्छ । यसले किसानहरुलाई टाढा टाढाको बजार खोजि राख्नु पर्दैन, के कति आम्दानी हुन्छ भन्नेबारे किसान अग्रिम नै जानकार हुन्छन्’ उनले भने ।
निर्देशक ढुङ्गानाका अनुसार किसानलाई बैंकसँग कर्जा लिन र बाली बीमाका लागि सहजीकरण, काट्ने प्रविधिमा सहयोग र ढुवानीका हर्भेस्टरबाट सिधै ट्रयाकटरमा जान्छ र ट्रयाकटरले मिल सम्म ढुवानी गर्छ ।
राइस मिलसंग जोडिएका किसानहरु निकै हर्षित रहेको ढुङ्गानाको भनाइ छ । ‘भनेको समयमा मुल्य नपाउने अवस्था किसानले खेप्नु परेको छैन् । धान मिलगेटमा आएको दुइ देखि तीन दिन भित्र भुक्तानी ग्यारेन्टि नै गरेका छौँ ‘ उनले भने ।
हालसम्म मिल मोरङ, सुनसरी, झापामा बढी फोकस गरेर सञ्चालन गरिरहेको निर्देशक ढुङ्गानाले बताए। ‘हाम्रो लक्ष्य २५ सय देखि तीन हजार बिघा जमिनमा धान उत्पादन गर्ने रहेको छ । यो मोडल सफल भएपछि बिस्तारै पूर्व देखि पश्चिम सम्मका किसानहरुलाई जोड्दै जाने योजना छ’ उनले भने ।

मिलले किसानलाई बेला बेला सहयोग पनि गर्दै आएको छ । धानबालीमा के समस्या आयो, कसरी आयो, समाधान कसरी गर्ने भन्नेबारे किसानलाई सजग गराउँदै आएको ढुङ्गानाले बताए।
यसैगरी मिलले बजार उतारचढाव भएको अवस्थामा बिक्री नहुने समस्याबाट किसानलाई राहत दिलाएको उनी बताउँछन् ।
मिलले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने योजना बनाएकाे छ । सेयर निष्काशन गर्दा किसानलाई पहिलो प्राथमिकतामा राखिने निर्देशक ढुङ्गानाले बताएका छन् ।



















देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
Election preparations over in Sudurpaschim Province
फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
प्रतिक्रिया