राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीले सोच्नुपर्ने बेला आयो : कोइराला

काठमाडौँ । कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको बताएका छन् ।
कांग्रेसका पूर्वउपसभापति, पूर्वउपप्रधानमन्त्री, प्रजातान्त्रिक योद्दा शैलजा आचार्यको १५औँ स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा सांसद कोइरालाले पटक-पटक सरकार फेरिने प्रवृत्तिले मुलुकको निरन्तर विकासमा समस्या भएको बताए । ‘जहाँ राजनीतिक स्थिरता हुँदैन, त्यहाँ विकास पनि हुन सक्दैन, राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको छ, अहिले राजनीतिक स्थायित्व छैन, आर्थिक विकास हुन सक्ने अवस्थामा छैन, सुशासन दिने अवस्था छैन,’ उनले भने ।
कोइरालाले विपी कोइराला र शैलजा आचार्यलाई सम्झेर काम गरेर अगाडि बढेमात्र कांग्रेसलाई पुरानो अवस्थामा फर्काउन सकिने बताए । उनले आचार्य साहसीक व्यक्तित्वको धनी भएको उल्लेख गरेका थिए ।
त्यस अवसरमा कांग्रेस नेता डा. शशांक कोइरालाले पार्टीभित्र हिम्मत र साहसी महिला नेत्री शैलजा आचार्य भएको बताए । उनले देश विकासका लागि आचार्यको योगदान महत्वपूर्ण भएको उल्लेख गरेका थिए । पार्टीभित्र शैलजा आचार्यको योगदानलाई जुन तरिकाले सम्बोधन गर्नुपर्ने हो त्यो हुन नसकेको उनको भनाइ थियो ।
कांग्रेस नेता मीनेन्द्र रिजालले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनका लागि शैलजा आचार्यको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका थिए । पूर्वमन्त्री रिजालले सबैसँग उत्तिकै सम्बन्ध राख्न सक्न निडर महिला नेत्री शैलजा भएको बताए । पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानका लागि शैलजाले गरेको योगदान अविस्मरणीय रहेको रिजालले बताए ।
कांग्रेस नेता एवम् पूर्वमन्त्री महेश आचार्यले विपी कोइरालाको विचारलाई आम जनमानसमा पुर्याउन शैलजाको महत्वपूर्ण भूमिका रहेको स्मरण गरेका थिए । विपी विचारको उत्तराधिकारीका रुपमा शैलजालाई लिनुपर्ने उनको भनाइ थियो । उनले कांग्रेसमा नीति, नेतृत्व र नैतिकताको संकट देखिन थालेको उल्लेख गरेका थिए ।
नेपाल सरकारका पूर्वमुख्यसचिव विमल कोइरालाले निष्ठा, इमान र लगनको त्रिवेणी शैलजा आचार्यमा भएको बताए । ‘शैलजा आचार्य जलस्रोतमन्त्री हुँदा साना जलविद्युत् आयोजनालाई अगाडि बढाउने नीति लिनुभएको थियो, जसका कारण अहिले हामीले जलविद्युत्मा फड्को मार्न सकेका छौँ,’ उनले भने ।
शैलजा आचार्य आदर्श समाजकी अध्यक्ष दुर्गा घिमिरेले शैलजा आचार्यको निष्ठा र आदर्शलाई देशव्यापी रुपमा फैलाउन आवश्यक रहेको उल्लेख गरिन् । शैलजा आचार्य स्मृति पोलिक्लिनिक कलेजका प्राचार्य सन्तबहादुर अधिकारीले शैलजा आचार्यको सम्झनामा ग्रामीण भेगमा सीपमुलक तालिम प्रदान गरी आयआर्जनसँग जोड्दै अगाडि बढ्दै गएको बताए ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया