काठमाडौंको तापक्रम फेरि ‘उच्च’, धनगढीमा ४४ डिग्री सेल्सियस

काठमाडौं । केही दिनयता देशका धेरै स्थानमा तापक्रम बढेको छ । काठमाडौंसहित विशेष गरी तराई क्षेत्रमा गर्मी बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार (जुन १०) ‘सबैभन्दा बढी’ तापक्रम धनगढीमा ४४ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार धनढीको अधिकतमम तापक्रम ४२.९ डिग्री सेल्सियस थियो । गएको शनिबार धनगढीको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस मापन गरिएको थियो । धनगढीमा यो वर्षकै बढी तापक्रम ४४.१ डिग्री सेल्सियस यसअघि मापन गरिएको थियो ।
महाशाखाले सोमबार सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार नेपालगन्जको अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस थियो । शनिबार नेपालगन्जको अधिकतम तापक्रम ४१.८ डिग्री सेल्सियस मापन गरिएको थियो । गएको मे ३० मा नेपालगन्जको अधिकतम तापक्रम ४४.२ डिग्री सेल्सियस मापन गरिएको थियो । यो वर्ष नेपालगन्जको उक्त तापक्रम नै अहिलेसम्म बढी भएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।
सोमबार वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.९, दिपायलको ४०.७, भैरहवाको ३९.८, घोराहीको ३९.६, सिमराको ३७.५, जनकपुरको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस मापन गरिएको छ ।
आइतबार वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.४, दिपायलको ४०.२, भैरहवाको ३८.२, घोराहीको ३९.३, सिमराको ३७.७, जनकपुरको अधिकतम तापक्रम ३८.० डिग्री सेल्सियस थियो । शनिबार वीरेन्द्रनगर र दिपायलको अधिकतम तापक्रम समान ३९.५, भैरहवाको ३८.२, घोराहीको ३७.७, सिमराको ३७.३, जनकपुर अधिकतम तापक्रम ३७.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।
सोमबार काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ । यो तापक्रम यस वर्षका निम्ति अहिलेसम्म उच्चबराबर भएको मौसमविद् झाले बताए । महाशाखका अनुसार, यो वर्ष काठमाडौंको सबैभन्दा बढी तापक्रम जेठ १७ र जेठ ११ मा समान पनि ३४.४ डिग्री सेल्सियस नै मापन गरिएको थियो ।
आइतबार (हिजो) काठमाडौंको अधिकतम तापक्रम ३३.८ डिग्री सेल्सियस थियो । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३१.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।
महाशाखाका अनुसार, काठमाडौंको हालसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।
यही जेठ १७ गते कैलालीको टीकापुरमा ४५.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यो नै यो वर्ष नेपालभित्र मापन गरिएको अहिलेसम्म उच्च तापक्रम भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।
महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया