बडहडी खोलामा गरिएको अवैध उत्खननको छानबिन सुरु

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले बटेश्वर गाउँपालिका-१ स्थित बडहडी खोलामा अवैधरूप भएको बालुवा र गिट्टी उत्खननको छानबिन प्रक्रिया अगाडि बढाएको छ ।
प्रमुख जिल्ला अधिकारी राजुराज कडरियाले छानबिनका लागि जिल्ला समन्वय समिति धनुषाका इञ्जिनीयरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको र समितिमा हुलाकी सडक निर्देशनालय र बटेश्वर गाउँपालिकाका एक–एक जना प्राविधिक रहेको जानकारी दिए।
समितिलाई खोला उत्खनन भएको स्थल तथा उत्खनन गरी ढुंगा बालुवा थुपारेको स्थानको नापजाँचलगायत कार्यको छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने कार्यादेश दिइएको उनले बताए।
गाउँपालिकाले बस्ती तथा त्यहाँको पर्यावरणमा असर नपर्ने गरी गत फागुन महिनामा बडहडी खोलामा बालुवा तथा ढुंगा झिक्नका लागि ठेक्का लगाएको थियो ।
महोत्तरीको बर्दिबासको पञ्चधुरा सप्लायर्सले १४ हजार चार सय ४५ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि २७ लाख नौ हजार एक सय तीन मा ठेक्का लिएको थियो ।
सम्झौताविपरीत ठेकेदार कम्पनीले स्काभेटर तथा अन्य ठूला यन्त्रको प्रयोग गरी तीन गुणाभन्दा बढी बालुवा तथा ढुंगा झिकेको आरोप लागेको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया