अत्याधिक वर्षाका कारण नेपाली क्रिकेट टिम वेस्टइन्डिज जान पाएन

काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटका लागि नेपाली टिम बुधबार नै वेस्टइन्डिज जानु पर्नेमा मौसम खराबका कारण अमेरिकामै रोकिएको छ । फ्लोरिडामा मंगलबार श्रीलंकाविरुद्धका खेल खराब मौसमका कारण हुन नसक्दा दुवै टिमले अंक बाँडेका थिए ।
समूह चरणका २ खेल खेल्नका लागि नेपाली टिम बुधबार वेस्टइन्डिज प्रस्थान गर्ने तालिका रहेको थियो । नेपालले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र श्रीलंकासँग खेल्ने छ । वेस्टइन्डिजमा स्टार लेगस्पिनर सन्दीप लामिछानेले नेपाली टोलीलाई पर्खिएका छन् । अमेरिका जान नपाएका सन्दीपले वेस्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल भने खेल्ने छन् ।
अहिले पनि फ्लोरिडाको मौसम अत्यन्त खराब रहेकाले अधिकांश हवाई उडानहरु रद्द भएका छन् । मंगलबारदेखिको झरी बुधवार पनि कायम रह्यो भने बिहीबार पनि मौसम खराब हुने भन्दै त्यहाँको राष्ट्रिय मौसम विभागले अलर्ट (सूचना) जारी गरेको छ ।
जसका कारण फोर्ट लाउडरडेल हलिउड अन्तर्राष्ट्रिय एयरपोर्ट र मायमी अन्तर्राष्ट्रिय एयरपोर्टका नियमित उडान प्रभावित भएका हुन् । मौसम विभागले बाढीको जोखिम रहेको भन्दै घरभन्दा बाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ । नेपालले जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ ।
पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको नेपाल दोस्रो खेल वर्षाका कारण रद्द हुँदा श्रीलंकासँग एक एक अंक बाँडेको थियो ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया