नेतृत्वका कारण गणतान्त्रिक व्यवस्थालाई कमजोर बनाउनु हुँदैन: अध्यक्ष साह

काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्दै समृद्धिको गतिलाई तीव्रता दिनुपर्ने बताएका छन् ।
गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उनले विश्वमै अभ्यास रहेका व्यवस्थामध्ये गणतन्त्र उत्कृष्ट शासन व्यवस्था भएको दाबीसमेत गरे। उनले भने, “गणतन्त्रलाई विभिन्न कोणबाट बदनाम गर्ने प्रयास भइरहेकोप्रति परिवर्तनकारी शक्तिहरू सचेत रहनुपर्दछ ।”
सांसद साहले मुलुकमा समृद्धिका लागि सुशासन अपरिहार्य भएको जनाउँदै केही असफल नेतृत्वका कारण गणतन्त्र कमजोर बन्न हुँदैन भने । “गणतन्त्र सुन्दर व्यवस्था भए पनि सञ्चालकले यसलाई ठिक मार्गबाट अघि बढाउन नसक्दा जनताले जति लाभ प्राप्त गर्नुपर्ने थियो, त्यो हुन नसकेको कारण आम जनतामा केही निराशा बढेको छ”, उनले भने ।
पूर्वसहरी विकासमन्त्री समेत रहनुभएका साहले गणतन्त्र उत्तम व्यवस्था भएकाले समृद्धिका लागि हालको गतिमा परिवर्तन ल्याउनु आवश्यक रहेकामा जोड दिए ।
















अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया