रौतहट प्रहरीद्वारा ३० दिनमा ४१ फरार प्रतिवादी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एस्पी दिलीप घिमिरेको सक्रियतामा प्रहरीले मात्र ३० दिनभित्र ४१ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ ।
फैसला कार्वान्यन अन्तर्गत अदालतबाट कैद तथा जरिबाना सजाय रोकिएर फरार रहेका ४१ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले पक्राउ गरेको हो । गत जेठ १ गतेदेखि ३० गतेसम्म पक्राउ परेका सबैजना फैसला कार्वान्यनको लागी जिल्ला अदालत गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ एसपिको रुपमा दिलीप घिमिरेले कमाण्ड सम्हाले देखि एउटा छुट्टै अभियान सञ्चालन गरेर फरार प्रतिवादीलाई पक्राउ गरी कारबाही तथा फैसला कार्वान्यन गराउन तिब्रता दिइएको छ।
त्यसैगरी एस्पी घिमिरेको सक्रियताले जिल्लामा आपराधिक क्रियाकलापमा कमी आउनुका साथै संस्थागत तस्करी समेत नियन्त्रण भएको स्थानीयहरूले बताएका छन।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया