कांग्रेस सांसद पौडेल र चिनियाँ राजदूतबीच चक्रपथ निर्माणबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । बिहीबार चिनियाँ दूतावासमा यी दुईबीच भेट भएको हो ।
बुधबार प्रदीप पौडेलले प्रतिनिधि सभामा चक्रपथको कलंकी–धोवीखोला खण्ड निर्माणमा नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन नहुने हो भने नेपाल आफैंले यो खण्ड निर्माण समयमा नै गर्नु पर्ने संकल्प प्रस्ताव दर्ता गराएका थिए ।
पौडेलले चक्रपथको यो खण्ड लथालिङ्ग छोड्दा काठमाडौंको प्रदुषण बढ्नु मात्र होइन, यस क्षेत्रमा बसोबास गर्ने वा यात्रा गर्ने मानिसको स्वास्थ्यमा समस्या हुन थालेको, दैनिक यात्रा कष्टकर हुन थालेको भन्दै यो प्रस्ताव प्रतिनिधि सभामा लगेका थिए ।
राजदूत छनसँग बिहीबार भएको भेटमा पौडेल र छनबीच यही विषयमा कुराकानी भएको थियो । चक्रपथ विस्तार परियोजनाको दोस्रो खण्ड विकासका लागि सन् २०१८ मा नेपाल र चीनबीच सम्झौता भए पनि यस क्षेत्रमा काम हुन सकेको छैन ।
‘नेपाल पक्षले सम्झौताअनुसार सर्त पूरा गरेर हामीलाई जानकारी गराउन साथ हामी यो काम अगाडि बढाउँछौ,’ भेटमा चिनियाँ राजदूत छनले पौडेललाई बताए ।
‘चीनले दोस्रो खण्डसँग जोडेर तेस्रो खण्ड पनि यथाशक्य छिटो नेपाल सरकारसँग सम्झौता भएअनुसार चक्रपथको दोस्रो र तेस्रो खण्ड विस्तार गरोस्, यसमा ढिलाइ हुँदा जनस्वास्थ्यदेखि दैनिक जीवनमा निकै अप्ठ्यारो भएको छ,’ पौडेलले भेटमा राजदूतसँग भनेको उनको सचिवालयले जनाएको छ ।









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया