कांग्रेस सांसद पौडेल र चिनियाँ राजदूतबीच चक्रपथ निर्माणबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । बिहीबार चिनियाँ दूतावासमा यी दुईबीच भेट भएको हो ।
बुधबार प्रदीप पौडेलले प्रतिनिधि सभामा चक्रपथको कलंकी–धोवीखोला खण्ड निर्माणमा नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन नहुने हो भने नेपाल आफैंले यो खण्ड निर्माण समयमा नै गर्नु पर्ने संकल्प प्रस्ताव दर्ता गराएका थिए ।
पौडेलले चक्रपथको यो खण्ड लथालिङ्ग छोड्दा काठमाडौंको प्रदुषण बढ्नु मात्र होइन, यस क्षेत्रमा बसोबास गर्ने वा यात्रा गर्ने मानिसको स्वास्थ्यमा समस्या हुन थालेको, दैनिक यात्रा कष्टकर हुन थालेको भन्दै यो प्रस्ताव प्रतिनिधि सभामा लगेका थिए ।
राजदूत छनसँग बिहीबार भएको भेटमा पौडेल र छनबीच यही विषयमा कुराकानी भएको थियो । चक्रपथ विस्तार परियोजनाको दोस्रो खण्ड विकासका लागि सन् २०१८ मा नेपाल र चीनबीच सम्झौता भए पनि यस क्षेत्रमा काम हुन सकेको छैन ।
‘नेपाल पक्षले सम्झौताअनुसार सर्त पूरा गरेर हामीलाई जानकारी गराउन साथ हामी यो काम अगाडि बढाउँछौ,’ भेटमा चिनियाँ राजदूत छनले पौडेललाई बताए ।
‘चीनले दोस्रो खण्डसँग जोडेर तेस्रो खण्ड पनि यथाशक्य छिटो नेपाल सरकारसँग सम्झौता भएअनुसार चक्रपथको दोस्रो र तेस्रो खण्ड विस्तार गरोस्, यसमा ढिलाइ हुँदा जनस्वास्थ्यदेखि दैनिक जीवनमा निकै अप्ठ्यारो भएको छ,’ पौडेलले भेटमा राजदूतसँग भनेको उनको सचिवालयले जनाएको छ ।


















रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया