श्रीलंका टी-२० विश्वकपबाट बाहिरियो

काठमाडौँ । श्रीलंका जारी टी-२० विश्वकपबाट बाहिरिएको छ । गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई पराजित गरेसँगै श्रीलंका सुपर आठको दौडबाट बाहिरिएको हो ।
यस खेलमा बंगलादेशले नेदरल्याण्डसलाई २५ रनले पराजित गरेको थियो ।
बंगलादेशले दिएको १६० रनको लक्ष्य पछाएको नेदरल्याण्डस २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएपछि बंगलादेश २५ रनले विजयी भएको थियो । यस अघि बंगलादेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो ।
यो खेलपछि समुह डी मा बंगलादेशक ओ३ खेलमा २ जित र एक हारसँगै ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसको ३ खेलमा एक जित र २ हारसहित २ अंक भएको छ र तेस्रो स्थानमा छ । यसै समुहमा रहेको नेपालको २ खेलमा एक अंक रहेको छ ।
त्यस्तै श्रीलंकाले ३ खेलमा २ हार र नेपालविरुद्धको खेल बर्षाले रद्ध हुदा एक अंक हासिल गरेको छ । योसँगै श्रीलंकाको विश्वकप यात्रा समुह चरणबाटै सकिएको छ ।
यस समुहबाट दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । अब सुपर आठको दौडमा बंगलादेश नेदरल्याण्डस र नेपाल रहेका छन् ।
अब दक्षिण अफ्रिका र नेपालबीच शनिबार बिहान खेल हुने छ भने जुन १७ मा नेपाल र बंगलादेशबीच खेल हुदै छ । त्यस्तै जुन १७ मै नेदरल्याण्डस र श्रीलंका खेल्ने छन् ।













सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो
ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा विरुद्धको खोप
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै
विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया