आज २०८१ साल असार १ गते शनिबारको राशिफल

काठमाडौं । आज २०८१ साल असार १ गते शनिबार तदनुसार सन् २०२४ जुन १५ तारिख। जेठ शुक्ल पक्षको नवमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः
मेष : अचानक स्वास्थ्यमा समस्य हुनसक्छ। सामाजिक क्षेत्रमा झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह जगाउने छ। व्यापारमा फाइदा हुनेछ।
वृष : तपाईंको बोलीको प्रभावले समाजमा राम्रो काम बन्नेछ। परोपकारमा समय धेरै बित्ने योग छ। अधुरो काम बन्नेछ। अपरिचित मानिसले सहयोग गर्नेदिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : समय राम्रो छ। समाजमा तपाईंको प्रतिष्ठा बढ्नेछ। व्यापारमा उन्नति हुनेछ। श्रमको सम्मान हुनेछ। श्रम अनुसारको पारिश्रमिक प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा भने तनाव बढ्ने जोखिम देखिन्छ।
कर्कट : संघर्ष गरेर अगाडि बढ्ने समय छ। प्रतिस्पर्धी साथी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
सिंह : सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। दिन रमाइलो ढंगले बित्नेछ। मन खुशी हुनेछ। लामो समय रोकिएको काम अगाडि बढ्नेछ। नयाँ ठाउँको यात्रा हुनेछ। परिवारलाई विश्वास गरेमा ठुलो धोका हुनसक्छ।
कन्या : यात्रा रमाइलो हुनेछ। धेरै मानिसले तपाईंको प्रशंसा गर्नेछन्। कृषि र पशुपन्छीको क्षेत्रमो गरेको लगानीबाट लाभ हुनेछ। परिवारको सहयोग मिल्नेछ। अप्ठेरो परिस्थितिमा साथीले साथ दिनेछन्।
तुला : शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको श्रमबाट राम्रो आम्दानी हुनेछ। सामाजिक काममा सक्रिय हुँदा निजी काममा अवरोध हुनेछ। परिवारलाई समय दिनु फाइदा हुनेछ।
वृश्चिक : प्रविधिको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। साथीसँगको भेटले दिन रमाइलो बन्नेछ। स्वास्थ्यको ख्याल नगरी खानपानमा सक्रिय हुँदा पुरानो रोगले सताउने जोखिम हुन्छ।
धनु : कर्मको फल प्राप्त हुनेछ। शिक्षाको मूल्यांकन हुनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ।
मकर : नयाँ ठाउँको यात्राको अवसर प्राप्त हुनेछ। यात्राले मन उत्साहित हुनेछ। परिवारसँगको संवादमा तपाईं सफल बन्ने योग छ। सामाजिक क्षेत्रमा सक्रिय हुन प्रेरणा मिल्नेछ। राजनीतिमा भने पुरानो चोटले सताउने दिन छ।
कुम्भ : विर्षने बानीले महत्त्वपूर्ण कुरा गुमाउनुपर्ने हुनसक्छ। मिल्ने साथीले विपक्षीलाई साथ दिने जोखिम देखिन्छ। सामाजिक क्षेत्रमा भने तपाईंको नाम र दाम प्राप्त हुनेछ। परिवारबाट भने रचनात्मक सहयोग मिल्नेछ।
मीन : खर्च बढ्नेछ। लगानीका क्षेत्र विवादित हुनेछन्। राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला। परिवारमा विवाद हुने भएकाले धेरै नबोल्नु राम्रो हुन्छ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया