टी–२० विश्वकपमा न्युजिल्यान्डको पहिलो जित

काठमाडौँ । न्युजिल्यान्डले युगान्डालाई ९ विकेटले पराजित गर्दै टी–२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । शनिबार भएको खेलमा युगान्डाले प्रस्तुत गरेको ४१ रनको झिनो लक्ष्य टोलीले ५।२ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो ।
डेभन कनवेले १५ बलमा २२ रन बनाउँदै टोलीलाई जित दिलाए । उनले ४ चौका प्रहार गरे । फिन एलनले ९ रन जोडे भने रचिन रवीन्द्र १ रनमा नटआउट रहे । युगान्डाका लागि एक मात्र विकेट रियाजत अलि शाहले लिए ।
यसअघि टिम साउथीले ३ तथा ट्रेन्ट बोल्ट, मिेचल स्यान्टनर र रचिन रवीन्द्रले २–२ विकेट लिए भने युगान्डा १८।४ ओभरमा मात्र ४० रनमा समेटिएको थियो ।
टोलीका लागि केनेथ वाइसवाले १८ बलमा ११ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । फ्रेड अचेलमले ९ रनको योगदान दिए ।
समूह सीमा ३ खेलपछि न्युजिल्याण्डको २ अंक छ । ४ खेल खेलेको युगान्डाको पनि २ अंक नै रहेको छ । यस समूहबाट अफगानिस्तान र वेस्ट इन्डिज यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेका छन् ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया