फिल्म बोर्डरको सिक्वेलको २०२६ को जनवरीमा रिलिज हुने

काठमाडौँ । सन् १९९७ को सर्वकालीन ब्लकबस्टर फिल्म बोर्डरको सिक्वेलको रिलिज मिति सार्बजनिक भएको छ ।
फिल्मको निर्माण पक्षले फिल्म २०२६ को जनवरी २३ मा रिलिज हुने जानकारी दिएका छन् ।
यस फिल्ममा सनी देओलसँगै आयुष्मान खुराना पनि मुख्य भूमिकामा देखिनेछन् । अब छिट्टै यो चलचित्रको छायांकन सुरु गर्ने निर्माण पक्षले जनाएको छ । मिडिया रिपोर्टका अनुसार बोर्डर २ को छायांकन अक्टोबरबाट सुरु हुने बताइएको छ ।
बोर्डर २ लाई जेपी दत्तले निर्देशन र निर्माण गर्न लागेका छन्, जसले १९९७ को बोर्डर पनि निर्देशन गरेका थिए । भूषण कुमार र जेपी दत्तकी छोरी निधि दत्तले पनि फिल्म निर्माण गर्दैछन् । यस फिल्ममा सनी देओल मेजर कुलदीपको भूमिकामा देखिनेछन् ।
सन्नी देओलका फिल्महरूको बारेमा कुरा गर्दा उनको अन्तिम फिल्म गदर २ थियो, जुन बक्स अफिसमा सुपरहिट थियो । उनी चाँडै लाहोर १९४७, बाप, सूर्य र अपने २ मा देखिनेछन् । फिल्म बोर्डर सन् १९९७ मा रिलिज भएको थियो । १० करोडमा बनेको यो फिल्मले ६५ करोड कमाएको थियो । यो त्यो वर्षको सबैभन्दा ठूलो फिल्म थियो ।









यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया