कोशी सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट

विराटनगर । काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ कराेडकाे बजेट ल्याएको छ ।
शनिबार आर्थिक मामिला तथा याेजना मन्त्री रामबहादुर मगरले प्रदेशसभा बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।
जसअनुसार पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरिएकाे छ । यस्तै कृषि तथा सहकारी क्षेत्रका लागि प्रदेश सरकारले २ अर्ब ६७ करोड विनियोजन गरेको छ ।
चालू वर्षको बजेट ३६ अर्ब ६४ करोडको बजेट रहेकोमा कोशीमा यस पटक करिब एक अर्ब रुपैयाँ बराबरको कम बजेट आएको छ ।
कोशीको बजेटमा प्रदेशको दिगो आर्थिक वृद्धि हासिल गर्न कृषि, उद्योग र सेवा क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, शिक्षा स्वास्थ्य लगायत सामाजिक विकासका क्षेत्रमा लगानी वृद्धि गर्ने, भौतिक पूर्वाधार निर्माण र पर्यटन विकास गर्ने तथा सेवा प्रवाहलाई नागरिक मैत्री बनाई सुशासन प्रवर्धन गर्नेतर्फ परिलक्षित गरेको अर्थमन्त्री रानाले उल्लेख गरेका छन् ।











कञ्चनपुरमा करेन्ट लागेर महिलाको मृत्यु
आजकाे सुन चाँदीकाे मूल्य
ट्रम्प र जेलेन्स्कीबिच वार्ता : ९० प्रतिशत शान्ति योजनामा सहमति
जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया