कोशी सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट

विराटनगर । काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ कराेडकाे बजेट ल्याएको छ ।
शनिबार आर्थिक मामिला तथा याेजना मन्त्री रामबहादुर मगरले प्रदेशसभा बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।
जसअनुसार पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरिएकाे छ । यस्तै कृषि तथा सहकारी क्षेत्रका लागि प्रदेश सरकारले २ अर्ब ६७ करोड विनियोजन गरेको छ ।
चालू वर्षको बजेट ३६ अर्ब ६४ करोडको बजेट रहेकोमा कोशीमा यस पटक करिब एक अर्ब रुपैयाँ बराबरको कम बजेट आएको छ ।
कोशीको बजेटमा प्रदेशको दिगो आर्थिक वृद्धि हासिल गर्न कृषि, उद्योग र सेवा क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, शिक्षा स्वास्थ्य लगायत सामाजिक विकासका क्षेत्रमा लगानी वृद्धि गर्ने, भौतिक पूर्वाधार निर्माण र पर्यटन विकास गर्ने तथा सेवा प्रवाहलाई नागरिक मैत्री बनाई सुशासन प्रवर्धन गर्नेतर्फ परिलक्षित गरेको अर्थमन्त्री रानाले उल्लेख गरेका छन् ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया