दरबार रोधी क्लबकाे १६ औं वार्षिकोत्सवमा वरिष्ठ लोकगायक बस्नेतलाई दीर्घ साधना सम्मान

काठमाडौँ । दरबारमार्गको मायालु कम्प्लेक्सस्थित दरबार रोधी क्लबले १६ औं वार्षिकोत्सव मनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा वरिष्ठ लोक गायक कुमार बस्नेतलाई दीर्घ साधना सम्मान ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेको छ ।
लामो समयदेखी लोक गायनको क्षेत्रमा बस्नेतले पु¥याएको योगदानको कदर गर्दै ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको क्लबका अध्यक्ष अशोक गिरीले बताए । ‘लोक गायक बस्नेतले समाजका विकृति, विसङ्गती, कु–संस्कारहरु लोकगीतमार्फत् उजागर गर्नु भएको छ ।’ गिरीले भने । लोकदोहोरी गायनको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै गायक बद्रि पंगेनी, कृष्ण आँशु र गायिका सुनिता दुलाललाई विशेष सम्मान प्रदान गरिएको छ । सञ्चारकर्मी ऋषी धमलालाई विशेष सम्मान प्रदान गरिएको छ ।
दरबार रोधी क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा सर्जकहरुलाई सम्मान प्रदान गर्दै आएको छ । कला, मनोरञ्जन क्षेत्रमा कलम चलाउँने पाँच जना पत्रकारहरु यस पटक सम्मानित भएका छन् । रातोपाटीका नरेन्द्र रौले, अनलाइनखबरका विष्णु शर्मा, सेतोपाटीका सुशिल नेपाल, नयाँ पत्रिका दैनिकका अन्वेषण अधिकारी, र मज्जाको टिभीका आयशा दाहाललाई सम्मानपत्र सहित पुरस्कृत गरिएको छ ।
दरबार रोधी क्लबले जेठ ३२ देखि असार २ गतेसम्म तीन दिन वार्षिकोत्सव मनाउने निर्णय गरेको छ । कार्यक्रममा चर्चित गायक पशुपति शर्मा, दुर्गेश थापा, श्याम राना, टीका पुन, पुर्णकला विसी, करिष्मा ढकाल, रुबिना अधिकारी लगायत दर्जनौं कलाकार तथा मोडलको सहभागीता रहनेछ । दरबार रोधी क्लबका अध्यक्ष अशोक गिरीले रोधीको वार्षिकोत्सवलाई लोकदोहोरी संगीतको उत्सवका रुपमा मनाउने निर्णय गरेको बताए ।
शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष तथा टप राजधानी दोहोरीका सञ्चालक प्रकाश कटुवाल, नगरकोट दोहोरी साँझका सञ्चालक बिनोद श्रेष्ठ, रात्रीकालिन मनोरञ्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्का लगायतको उपस्थिीति रहेको थियो ।













झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया