कृषि विकास सहकारीका अध्यक्षसहित चारजना पक्राउ, ९४ करोड २३ लाख हिनामिना

ललितपुर। ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना आरोपमा अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारीको रकम घोटालामा संलग्न भएको आरोपमा पक्राउ गरेर उनीहरूलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तेजबिक्रम थापा, व्यवस्थापक सजना राजकर्णिकार तथा सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा छन् ।
सहकारीका ५६६ जना बचतकर्ताले उनीहरूविरुद्ध उजुरी दिएका थिए ।
२ अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको कार्यादेशमा पनि यो सहकारीको नाम समावेश छ । संसदीय समितिको कार्यदेशको अनुसूची १ मा योसहित २० वटा सहकारीको नाम छ । जहाँ समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका सहकारीलाई समावेश गरिएको छ ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट मोबाइल फोन, पेन ड्राइभ, केही चेक र कारसहितका सामाना बरामद भएको जनाएकोछ ।


















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया