बुधबार, चैत ११, २०८२

माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा

मेरोन्यूज २०८१ असार २ गते १६:०८

काठमाडौं । माछापुच्छ्रे बैंकले शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

Advertisement
nepal life insurencenepal life insurence

शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले ७ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

निवेदन काठमाडौंको सुन्धारास्थित बाघदरबार जेडीए कम्प्लेक्समा रहेको माछापुच्छ्रे क्यापिटलको शेयर विभागमा दिन सकिने जनाइएको छ ।

प्रतिक्रिया